Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

चाँडै बन्द हुँदै ‘द कपिल शर्मा शो’


चाँडै बन्द हुँदै ‘द कपिल शर्मा शो’

एजेन्सी | बलिउड कमेडियन कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ले दर्शकलाई भरपुर मनोरञ्जन दिने गरेको छ ।

यो 'शो'मा अतिथीका रुपमा आउन बलिउड तथा साना पर्दाका जोकोही कलाकार लालयित हुन्छन् र आएर आफ्नो फिल्मको प्रमोसन गर्छन् । कोभिड–१९ को महामारीका कारण केही समय बन्द भएको यो शो पुनः सुचारु भइरहेको छ । तर अब भने शोको यो सिजन सकिने तयारीमा छ ।

समाचार अनुसार अब शोको यो सिजन चाँडै नै ‘अफ एयर’ हुँदैछ । शो समूहले यो विषयमा चाँडै नै आधिकारिक घोषणा गर्दैछन् ।

यो सिजन सकिएपछि कपिलको टिम नयाँ सिजनको तयारीमा जुट्नेछन् । दर्शकमाझ लोकप्रिय र टेलिभिजनमा बढी माग गरिएको यो शोको नयाँ सिजन हेर्नका लागि केही समय पर्खिनुपर्नेछ ।

शोमा कपिलका अलावा भारती सिंह, कीकू शारदा, कृष्णा अभिषेक र अर्चना पूरण सिंहको प्रमुख उपस्थिति छ । लकडाउनपछि यो शो दर्शकबिना नै सञ्चालन भइरहेको छ । तर पनि शोको लोकप्रियतामा कमी आएको छैन । यसका निर्माताहरु अहिलेको शोलाई बन्द गरेर नयाँ शो ल्याउन चाहिरहेका छन् ।

त्यसो त केही समय अघि मात्र कपिलले आफू नेटफ्लिक्सको माध्यमबाट आफ्नो डिजिटल ‘डेब्यू’ गर्न चाहेको बताएका थिए । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गरेका छन् । ‘यो एक खुशीको खबर छ । हल्लामा विश्वास नगर्नुहोला । ममाथि विश्वास गर्नुहोस् । म चाँडै नै नेटफ्लिक्समा देखिदैछु’, उनले भनेका छन् ।

1

फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान

2

डा.बाबुराम भट्टराईको छिट्टै शल्यक्रिया नगरे क्यान्सरको सिकार बन्न सक्ने

3

आज रियल म्याड्रिड र रियल सोसिडाड भिड्दै

4

बढ्याे सुनकाे भाउ

5

तीनवटा नाकाहुँदै ६० हजार टन मल नेपाल भित्रियाे

6

क्लाेज आउटबाट ११ कराेड जरिवाना असुल, कसरी परिन्छ क्लाेज आउटमा ?


Share Tweet Send