बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन्।
आइतबार करिनाले दोस्रो सन्तानका रुपमा छोराको जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ। दोस्रो श्रीमती करिनाले दोस्रो सन्तानको जन्म दिएपछि सैफ चार सन्तानको बाबु बनेका छन्।
यसअघि सैफले पहिलो पत्नी अमृता अमृता सिंहतर्फ दुई सन्तान रहेका छन्।