durbar-times

कार्यकर्ता तर्साउन खोजिएको होला, अहिलेका कार्यकर्ता तर्सिँदैनन्: सुरेन्द्र पाण्डे


कार्यकर्ता तर्साउन खोजिएको होला, अहिलेका कार्यकर्ता तर्सिँदैनन्: सुरेन्द्र पाण्डे

नेकपा | नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कारबाहीको धम्कीबाट नतर्सिने बताएका छन्।

नेपाल पक्षले भोलि र पर्सि काठमाडौंमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन्।

'कार्यकर्ता भेलामा जानेलाई प्रधानमन्त्रीले कारवाही गर्ने कुरा हाँस्यास्पद हो। उहाँ आफैँले बालुवाटारमा गुट भेला गरेर गलत गर्नुभयो। नेकपा एमालेको विधानले त्यसलाई मान्यता दिँदैन। अदालतले एमालेलाई ब्यूँताइदिएर २०७५ जेठ २ मा पुर्‍याएको छ। त्यसलाई भुलेर अन्य गतिविधि गर्नु गलत हो। ती काम कारवाही योग्य छन्', उनले भने, 'आफैँ गलत रुपमा उभिएको प्रधानमन्त्रीले कारवाही गर्छु भन्नु गलत हो। अध्यक्ष चाहिँ त्यसबाट मुक्त हुँदैनन्, कारवाहीको कुरा अनावश्यक रुपमा तर्साउने कुरा मात्रै हो।'

अदालतले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले राखेका बैठक र त्यहाँबाट गरिएका निर्णय नै अवैधानिक भएको पनि उनको भनाइ छ।

‘गलत आधारमा खडा भएर कारबाहीको कुरा गरिएको छ, यसरी कार्यकर्ता तर्साउन खोजिएको होला, अहिलेका कार्यकर्ता त्यसबाट तर्सिँदैनन्,’ पाण्डेले बताए।



1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send