२४ घण्टामा थप ३ हजार ९३ जना कोरोना संक्रमित थप, उपत्यकामा १ हजार ७०२


२४ घण्टामा थप ३ हजार ९३ जना कोरोना संक्रमित थप, उपत्यकामा १ हजार ७०२

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७०२ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १ हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ६५ पुगेको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...