२४ घण्टामा उपत्यका छाड्नेको संख्या अहिलेसम्मकै धेरै


२४ घण्टामा उपत्यका छाड्नेको संख्या अहिलेसम्मकै धेरै

काठमाण्डाै - दशैँ सुरु भएयता गएको २४ घण्टामा उपत्यका छाड्नेको संख्या अहिलेसम्मकै धेरै भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घण्टामा ४८ हजार ९८ जनाले काठमाण्डौ छाडेका छन् । यसअघि हिजो ३३ हजार ४ सय ४६ जनाले उपत्यका छाडेका थिए ।

घटस्थापनाको दिन २१ जहार ६ सय २ जना उपत्यका बाहिर गएकामा त्यसयता दैनिक बढ्दै गएको हो । द्वितीयामा २१ हजार ४ सय ७८ जना, तृतीयामा २३ हजार ३ सय ९२ जना, चतुर्थीमा २३  हजार ३ सय ८३ जना, पञ्चमीमा २२ हजार २ सय ९९ जना र षष्ठीमा २५ हजार २ सय १८ जना काठमाण्डौ उपत्यकाबाट बाहिर गएका छन् ।

योसँगै दशैँको ८ दिनमा २ लाख १८ हजार ९ सय १६ जनाले उपत्यका छाडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो वर्षको दशमी पर्सि परेकाले आज र भोलि पनि धेरैले उपत्यका छाड्नेको अनुमान गरिएको छ । गएका वर्षहरुमा घटस्थापनापछि दैनिक एक लाखभन्दा धेरैले उपत्यका छाड्ने गरेका तथ्याङक छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...