durbar-times

लकडाउनबारे छलफल गर्न काठमाडौं उपत्यकाका सिडिओको बैठक


लकडाउनबारे छलफल गर्न काठमाडौं उपत्यकाका सिडिओको बैठक

राजधानी काठमाडौं उपत्यकामा बढ्दो कोरोना सङ्क्रमणको जोखिम कम गर्न गृहमन्त्रालयका उच्च अधिकारीहरु  सहित काठमाडौं उपत्यकाका तीन ‍जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय संयुक्त छलफलमा जुटेका छन्।

काठमाडौं जिल्ला प्रशासनको कार्यालयमा भइरहेको बैठकमा  कोभिड १९ संकट ब्यवस्थापन केन्द्र सिसिएमसिले गरेको सिफारिस र कोभिडको बढ्दो सक्रमणका सम्वन्धमा  काठमाडौं ललितपुर भक्तपुर गरी उपत्याकाका तीनै जिल्लामा आगामी दिनमा के रणनीति बनाउने भन्ने विषयमा छदफल केन्द्रित रहेको काठमाडौंका प्रमुख जिल्ला कालिप्रसाद पराजुलीले जानकारी दिए ।

हिजो मात्रै कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बैठकले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । सिसिएमसीको बैठकले गरेको निर्णय प्राप्त नभएको र प्राप्त हुनासाथ बैठक बस्ने उनले बताए ।

उक्त बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई दिन सिफारिस गरेको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित भइसकेकाले थप के गर्ने भन्ने विषयमा छलफल गर्न लागिएको प्रजिअ पराजुलीले बताए ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send