काठमाडौं | भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि नेपालमा पनि सर्तकता अपनाउन थालिएको छ।
संक्रमण बढ्दै काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी)को सोमवार उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्ने निर्णय गरेको छ।
सोमवारको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको हो।
यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्ट का स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ।
यसअघि सबै महानगरपालिकाहरुमा सञ्चालित आईसोलेशन केन्द्र र क्वारेन्टाइनहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिकाभित्र कम्तिमा १–१ वटा आईसोलेशन तथा क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन गर्ने निर्णय पनि भएको छ।