http://bit.ly/bajajdurbartimes

के भनेका थिए प्रधानमन्त्रीले मन्त्रीपरिषद बैठकमा ?


के भनेका थिए प्रधानमन्त्रीले मन्त्रीपरिषद बैठकमा ?

संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएर उठ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस फिर्ता हुन पनि सक्ने संकेत गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताएका छन् ।

प्रधानमन्त्रीले जति प्रयास गर्दा पनि नभएको भन्दै ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गर्ने निर्णय लेख्न मुख्य सचिवलाई निर्देशन दिएपछि केही मन्त्रीले ‘त्यसो नगरौं’ भनेका थिए । प्रदिप ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन र योगेश भट्टराईले ‘अझै सहमतिको पहल गरौं भन्दै संसद विघटनमा नजान आग्रह गरेपछि प्रधानमन्त्रीले आफूले अझै सहमतिको लागि प्रयास गर्ने बताएका थिए ।

‘अझै पनि सहमतिको सबै बाटो बन्द भएको छैन, म फेरि पनि प्रयास गर्छु, छलफल गर्न सकिन्छ’ उठेर हिँड्दै गर्दा प्रधानमन्त्रीले भनेका थिए । त्यसलगत्तै शीतल निवास पुगेका प्रधानमन्त्रीले बालुवाटार फर्केर अर्का अध्यक्ष प्रचण्डसँग पुनः छलफल गरेका थिए । प्रचण्ड–माधव नेपाल समूहमै रहेका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनको सिफारिसको समर्थन वा बिरोध केही पनि नगर्ने प्रतिक्रिया दिनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपतिका सल्लाहकारहरुले पनि नेकपामा हुनसक्ने पछिल्लो निर्णय कुरेरमात्र कदम चाल्न सुझाव दिएको स्रोतले जनाएको छ । राष्ट्रपति समक्ष पुगेको सिफारिस अहिले बिचाराधीन अवस्थामा रहेको एक सल्लाहकारले बताए । यसैबीच तत्कालीन माओवादीतर्फका केही मन्त्रीले सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।

1

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

2

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

3

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

4

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

5

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

6

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन


Share Tweet Send