Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

चलचित्र भवनहरु खुल्ने भएपछि केकी अधिकारीले लेखिन् यस्तो


चलचित्र भवनहरु खुल्ने भएपछि केकी अधिकारीले लेखिन् यस्तो

काठमाण्डौ | पौष १० गते देखि चलचित्र भवनहरु खुल्ने भएपछि नायिका केकी अधिकारीले आफ्नो भावना पोखेकी छिन् ।

उनले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो भावना पोखेकी हुन् । उनले बिहिबार(आज)बिहान आफ्नो फेसबुक अकाउन्टमार्फत एक स्ट्याटस पोस्ट गरेकी हुन् ।

उनले आफु थोरै भाबुक थोरै पुलकित र जीवनका रंगहरु फर्किने विश्वास रहेको पनि बताएकी छिन्  ।

यस्तो छ उनको स्ट्याटस्:

चलचित्र भवन मेरो लागि कार्यालय हो, विद्यालय हो र मन्दिर पनि हो। मेरो आयस्रोत, मेरो ज्ञान र मैले प्राप्त गर्ने आषिशको मूल थलो धेरै समय देखि बन्द थियो। यो शुक्रबार पौष १० गते देखि चलचित्र भवनहरु खुल्दैछन्।

थोरै भावुक छु। थोरै पुलकित छु। जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु। त्यो विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल गलल सयौँ दर्शकहरुसँगै हाँस्न त कहिले दृश्यमा डूबेर स्तब्ध भई सुँक्क आँशु झार्न ब्यग्र प्रतिक्षा गर्दैछु।

चलचित्र भवन भित्र मात्रै प्राप्त गर्न सकिने ती जादूमयी अनुभवको अवसर एउटा लामो अन्तराल पछि फेरि मिल्दैछ। सूरक्षित र सजग भई स्वास्थ्य सावधानी अपनाई आउनुहोस् यो क्षेत्रलाई पुनर्जीवन दिउँ। दूई नेपाली चलचित्रहरु आमा र सेन्टिभाईरस पुन प्रदर्शन हुँदैछ। सबैले सक्दो सहयोग गरिदिनुहोला।

1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send