durbar-times

केपी ‌ओलीकाे छाेराे हुँ भन्दै गुरु भट्टराईले दिए अपहरण गर्ने धम्की (अडियोसहित)


केपी ‌ओलीकाे छाेराे हुँ भन्दै गुरु भट्टराईले दिए अपहरण गर्ने धम्की (अडियोसहित)

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले एक घण्टा भित्र अपहरण गर्ने भनि दिएको अडियोे बाहिरिएको छ । आफुलाई केपी ओलीको छोरा र साइवरसेनाको प्रधानसेनापति दावी गर्ने भट्टराईले महोत्तरीको बर्दिवासका अनिल कुमार पासवानलाई अपहरण गर्ने धम्की दिएको समाचार दैनिकमा सार्वजनिक भएकाे अडियोमा सुन्न सकिन्छ ।

ओली निकट मानिने उनी ओलीकै कृपाबाट रेलवे कम्पनीको महाप्रवन्धक पद पाएका भट्टराईले फोन मार्फत पासवानलाई धम्की दिदै भनेका छन्– ‘केपी ओलीको छोरो हुँ, तलाई एक घण्टाभित्रै अपहरण गर्न सक्छु ।’

माघ ३० गते सोनाम ल्होसारका दिन भएको दुई पक्षबीचको विवादमा महाप्रवन्धक भट्टराई नसामा लठ्ठ परेर बोलेको सुन्न सकिन्छ ।
यस्तो छ भट्टराई र पासवानको सम्पादित कुराकानी

गुरु–मेरो घर बर्दिवास २ हो, रेलवे कम्पनीकाे महाप्रबन्धक हुँ म, त चै को होस तेरो परिचय के हो ?
पासवान– त मलाई धम्की दिने को होस ?

गुरु–त मु…….लाई एक घण्टाभित्रै अपरहण गर्न सक्छु , गर्न सकिन भने म बाउको छोरो होइन । …… गाली गलौज…… त प्रचण्डको गफ गर्छस् ?
पासवान– मलाई प्रचण्डको थाहा छैन ।

गुरु–……. गाली गलौज…. के केपी ओलीको छोरो हु, तँ कस्को छोरो होस ?
पासवान– म राष्ट्रसेवक राष्ट्रभक्त हुँ……..मा……

गुरु– के केपी ओलीको छोरो हु, क कस्को छोरो होस भन न् ।
पासवान– त साइवर सेना, महेश बस्नेतको धाक दिने ?

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send