durbar-times

केपी ओलीलाई नोबेल पुरस्कारका लागि सिफारिस गराैँ : लोहनी


केपी ओलीलाई नोबेल पुरस्कारका लागि सिफारिस गराैँ : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका एक अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकासको नयाँ मोडलको विकास गरेको बताएका छन्। यही योगदानलाई कदर गर्दै प्रधानमन्त्री ओलीलाई अर्थशास्त्रतर्फ नोबेल पुरस्कारका लागि सिफारिस गर्दा पनि हुने भन्दै व्यङ्ग्य समेत गरेका छन्।

बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले साधारण खर्चमा व्यापक वृद्धि भएको तर विकास खर्च न्युन हुनु वर्तमान सरकारको वास्तविकता भएको जनाए। लोहनीले विकास खर्चमा पनि व्यापक भ्रष्टाचार ओली सरकारको नयाँ मोडल भएको दाबी गरे। यही मोडल नेपालको ज्ञान आर्जन दाबी गर्दै नोबेल पुरस्कारका लागि सिफारिस गर्न सकिने उनको भनाई थियो।

लोहनीले भनेका छन्, 'प्रधानमन्त्रीजी, नेपालमा नयाँ विकासको लहर दाबी गर्नुहुन्छ। तर, साधारण खर्चमा व्यापक वृद्धि हुने, विकास खर्च न्यून हुँदै जाने र खर्च भएको रकममा पनि व्यापक भ्रष्टाचार हुने वर्तमान यथार्थतालाई हेर्दा यो विकासको नयाँ मोडललाई नेपालको ज्ञान आर्जनमा नयाँ योगदान भनेर अर्थशास्त्रमा नोबेल पुरस्कारको लागि सिफारिस गरे पनि हुने भयो।'

प्रधान मंत्री जी नेपाल माँ नया बिकास को लहर दाबी गर्नु हुन्छ। तर साधारण खर्च मा ब्यापक बृद्धि हुने , बिकास खर्च...

Posted by Prakash Lohani on Wednesday, January 27, 2021
1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send