किलोकै १० लाख पर्ने केशर खेतीप्रति कृषकहरु आकर्षित


किलोकै १० लाख पर्ने केशर खेतीप्रति कृषकहरु आकर्षित

इलाममा केशर खेतीप्रति कृषकहरु आकर्षित हुँदै गएका छन् ।

प्रतिकिलो १० लाख रुपैयाँ पर्ने उच्च मूल्यको जडीबुटी केशर उत्पादन हुन थालेपछि कृषक उत्साहित भएका हुन् । जौवारी मल्टी परपोज एग्रीकल्चर एन्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरुपमा केशरको खेती सुरु गरी विस्तार गरेको छ ।

प्रदेश नम्बर –१ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले उच्च पहाडी क्षेत्रमा केशरको विस्तार गर्न जरुरी भएको बताए ।

थोरै मात्रामा हिउँ र तुषारो पर्ने एक हजार ५०० देखि दुई हजार ५०० मिटरको उचाइ केशर खेतीका लागि उपयुक्त मानिन्छ । परीक्षणका रुपमा लगाइएको केशर विस्तारमा प्रदेश र स्थानीय सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने औंल्याइएको छ ।

केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूलभित्रको रातो लुर्का संकलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ । करिब डेढ लाख सुगन्धित फूलबाटमात्र एक किलो केशर प्राप्त हुने गर्दछ ।

गत वर्षदेखि तयारी केशरलाई जौबारी मल्टी परपोज एग्रीकल्चर सेन्टरले प्याकेजिङ गरी बिक्री गरेको थियो । औषधिय गुण भएको केशर मसलाको रुपमा समेत प्रयोग गरिन्छ । यसको चिया, जुस र अन्य पेयपदार्थमा प्रयोग गर्न सकिने भएकाले बजारमा बिक्री गर्न समस्या रहेको छैन ।

केशरको व्यावसायिक विस्तारका लागि तालिम र अनुसन्धानमूलक कार्यक्रम किसानसम्म पुग्न जरुरी देखिएको छ ।

कृषकलाई प्रविधिमैत्री बनाउँदै नलगाड
जाजरकोट | नलगाड नगरपालिकाले कृषकलाई प्रविधिमैत्री बनाउन अभियान थालेको छ । नगरभित्र रहेका कृषकको मागका आधारमा विभिन्न औजार तथा उपकरण वितरण कार्य शुरु गरिएको छ । सबै वडामा सडक सञ्जाल जोडेर उत्पादित वस्तु बजारीकरण गर्ने लक्ष्य लिएको नगरपालिकाले अब कृषकको हातमा आधुनिक उपकरण वितरण गरी कामलाई छिटोछरितो ब…
च्याउ खेती, मौरी पालनका लागि ७५% तथा अन्य ८ विषयमा अनुदान | निस्दी गाउँपालिका
निस्दी गाउँपालिकाले आर्थिक वर्ष ७७/७८ को गाउँ सभाबाट पारित भै संचालन गर्नुपर्ने कृषि कार्यक्रमको लागि प्रस्ताव आव्हान गरेको छ । यसका लागि कृषि शाखाले एक सूचना जारी गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्न कृषक, कृषि समुह, कृषि सहकारी र नीजि उद्यमीलाई आव्हान गरेको हो । संचालन हुने …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...