https://ntc.net.np/

केटु हिमाल आरोहण टोलीलाई राजाको बधाई


केटु हिमाल आरोहण टोलीलाई राजाको बधाई

काठमाडौँ | पूर्व राजा ज्ञानेन्द्र शाहले हालै विश्वकै दोस्रो अग्लो हिमाल ‘माउन्ट केटू’ को सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेको नेपाली टोलीलाई बधाई दिएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै शाहले हालसम्ममा कोही पनि नपुगेको ठाउँमा आरोहण गर्दै कीर्तिमानी कायम गरेका निर्मल पूर्जा नेतृत्वको टोलीलाई बधाई ज्ञापन गरेका हुन् ।

‘सर्वाधिक चिसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवं सम्मान भाव व्यक्त गर्दछु’ उनले विज्ञप्तिमा भनेका छन्, ‘त्यस्तो प्रयन्तबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएको सुखद् अनुभूति मैले गरेको छु ।’

उनले बधाई सन्देशमा भनेका छन्- ‘नेपाल विश्वका अनेकौँ उच्चम हिमालको देश हो । अनि अनकौँ साहसी आरोही र पथप्रदर्शक र प्रेरकको मुलुक हो ।’

गत वर्षमात्रै सगरमाथा हिमालसहित आठ हजार मिटर अग्ला विश्वका चौध वटा हिमाल छ महिना छ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमानी कायम गरेका थिए ।

राजाद्वारा जारी विज्ञप्ति:

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send