http://bit.ly/bajajdurbartimes

दोलखामा पालिकास्तरीय खेल मैदान निर्माण सम्पन्न


दोलखामा पालिकास्तरीय खेल मैदान निर्माण सम्पन्न

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–५ शहरेमा पालिकास्तरीय खेल मैदान निर्माण सम्पन्न भएको छ । तामाकोशी गाउँपालिकाको करिब डेढ करोड लागतमा खेल मैदान निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए ।

बोलपत्र प्रक्रियामार्फत निर्माणको जिम्मा पाएको शङ्कर निर्माण सेवाले समयमै काम सम्पन्न गरेको हो । राष्ट्रियस्तरको खेलकूद आयोजना गर्नका लागि आवश्यक पर्ने मापदण्डअनुसार ११० मिटर चौडाइ र १२० मिटर लम्बाइको खेल मैदान रहेको छ ।

उनले खेल मैदान निर्माण भएसँगै विभिन्न खेलकूदका कार्यक्रम आयोजना गर्नका लागि सहज भएको बताए । गाउँपालिकाले युवालक्षित र खेलकूदलाई विशेष प्राथमिकता दिएको छ । अन्य क्षेत्रमा जस्तै खेलकूदमा पनि विकास गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा खेल मैदान निर्माण गरिरहेको छ ।

पालिकाले अन्य विकासका योजना साथै खेलकूदलाई समेत प्राथमिकत दिएर नीति तथा कार्यक्रमअन्तर्गत समेटी योजना नै बनाई काम गरिरहेको छ । यस वर्षसमेत खेलकूद विकासका लागि एक करोड १५ लाख रकम विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले जानकारी दिए ।रासस

1

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

2

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

3

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

4

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन

5

कोरोनाको डरले तीन महिनासम्म विमानस्थलमै लुकेर बसेका एक व्यक्ति

6

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन


Share Tweet Send