खेलाडी ग्रेडिङ प्रकरणःखेलाडीद्वारा असन्तुष्टि


खेलाडी ग्रेडिङ प्रकरणःखेलाडीद्वारा असन्तुष्टि

नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले नेपाल क्रिकेट संघ क्यानले गरेको खेलाडी ग्रेडिङमा असन्तुष्टि जनाउँदै  पुनरावलोकनका लागि क्यानमा ज्ञापन पत्र बुझाएका छन्। ।

क्यानले चितवनमा बुधबार सम्पन्न बोर्ड बैठकबाट राष्ट्रिय पुरुष क्रिकेट टीमका १८ खेलाडीलाई ए, बी र सी गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो ।जसमा राष्ट्रिय टोलीका केही नियमित खेलाडीको वर्गीकरणमा तल माथि भएको भन्दै खेलाडीले क्यानलाई ज्ञापन पत्र बुझाएका हुन् ।

त्यस्तै महिला क्रकेट खेलाडीकाे ग्रेडिङकाे विषयमा पनि क्यानकाे आलाेचना भैरहेकाे छ।

पुरुष टोलीको नयाँ ग्रेड

ग्रेड ‘ए’ – ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी

ग्रेड ‘बी’ – सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ

ग्रेड सी’- सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...