http://bit.ly/bajajdurbartimes

खेलाडी र प्रशिक्षकलाई रोकिएको प्रोत्साहन भत्ता चाँडै उपलब्ध गराउने


खेलाडी र प्रशिक्षकलाई रोकिएको प्रोत्साहन भत्ता चाँडै उपलब्ध गराउने

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले खेलाडी र प्रशिक्षकलाई रोकिएको प्रोत्साहन भत्ता चाँडै उपलब्ध गराउने बताएका छन्।

खेलकुदमन्त्री दावा लामाको स्वागतमा मंगलबार परिषद्मा आयोजित कार्यक्रममा उनले खेलाडीको प्रोत्साहन भत्ता छिट्टै उपलब्ध गराउने बताएका हुन्।

उनले भने, ‘खेलाडी, प्रशिक्षक, व्यवस्थापकको सम्मान, पुरस्कार तथा मासिक भत्ताको हिसाब मन्त्रालयमा पठाएका छौं।’

नेपाली खेलाडी र प्रशिक्षकको प्रोत्साहत भत्ता र पुरस्कार मन्त्रालयमा अड्किरहेको छ।

सदस्यसचिव सिलवालले भने, ‘अर्थ मन्त्रालयले स्वीकृत गरिदिएमा खेलकुदका लागि अर्को टर्निङ पोइन्ट हुनेछ।’

उनले भर्खरै नवनियुक्त मन्त्री लामालाई स्वागत गर्दै आगामी वर्षदेखि खेलकुदको क्षेत्रमा बजेट वृद्धि गराउनमा ध्यानाकर्षण समेत गराए।

उनले भने, ‘खेलकुदको क्षेत्रलाई यो आर्थिक वर्षमा कोरोनाले कम सतायो तर बजेटले धेरै सतायो।’

नयाँ ऐनअनुसारको कर्मचारी बढुवा र समायोजनका धेरै काम बाँकी रहेकाे भन्दै त्यसलाई अगाडि बढाउन पनि सदस्यसचिव सिलवालले मन्त्री लामालाई अनुरोध गरेका थिए।

1

महिला लिगमा आज त्रिभुवन आर्मी र एपिएफ भिड्दै

2

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

3

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

4

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

5

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

6

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली


Share Tweet Send