http://bit.ly/bajajdurbartimes

खुल्याे पशुपतिनाथ मन्दिर,अनिवार्य मास्क लगाउनु पर्ने


खुल्याे पशुपतिनाथ मन्दिर,अनिवार्य मास्क लगाउनु पर्ने

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आज (पुस १ गते) बाट सर्वसाधारणका लागि खुला गरिएको हो । हिजो (मंगलबार) क्षमापूजा गरेर आजबाट खुला गरिएको हो । कोरोना संक्रमणको जोखिमका कारण ९ महिनादेखि बन्द भएको मन्दिरमा आज बिहानै पूजाका लागि भक्तजन पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्राचीनकालदेखि नियमित पूजा हुँदै आएकामा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमापूजा गरिएको हो । पहिलो चरणमा मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश दिइएको छ भने सोही ढोकाबाटै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ । मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तन लगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send