durbar-times

खुशी सूचकांकमा नेपाल दक्षिण एशियामै पहिलाे


खुशी सूचकांकमा नेपाल दक्षिण एशियामै पहिलाे

विश्व खुशी सूचकांकमा नेपाल दक्षिण एशियामा पहिलाे बन्न सफल भएकाे छ ।  ५ स्थान अगाडी आइपुग्दै सन् २०२१ काे विश्व खुशी सूचकांकका अनुसार नेपाल विश्वमा ८७ औँ स्थानमा रहेकाे छ । नेपाल दक्षिण एशियामा सबैभन्दा खुशी मुलुक बन्न सफल भएकाे छ।

नेपालले कुल १० अंकमा ५.२६९ अंक प्राप्त गर्दै याे स्थान हासिल गर्न सफल भएकाे हाे । सूचकांकमा दक्षिण एशियाली मुलुकहरू भारत १३९ औँ स्थानमा , पाकिस्तान १०५ औँ स्थानमा , बंगलादेश १०१ औँ स्थानमा रहेका छन् ।

सूचीमा फिनल्याण्ड विश्वकै सबैभन्दा खुशी मुलक बन्न सफल भएकाे छ। त्यसपछि डेनमार्क, स्वीटजरल्याण्ड, आइसल्याण्ड , नेदरूल्याण्डस, नर्वे , स्वीडेन , लक्जमबर्ग, न्युजिल्याण्ड र अष्ट्रिया क्रमशः दुइदेखि १० औँ स्थानमा रहेका छन् ।

खुशी सूचकांककाे अन्तिम स्थानमा अफगानिस्तान परेकाे छ । अफगानिस्तान १४९ औँ राष्ट्रकाे रूपमा सूचकांककमा अटाएकाे हाे ।

1

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड

2

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

3

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

4

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

5

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

6

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु


Share Tweet Send