काठमाण्डौ | राजा ज्ञानेन्द्र शाह यतिबेला झापामा छन् । नयाँ वर्ष पनि उनले त्यहाँको धुलाबारीमा रहेको मेची क्राउन प्लाजा पुगेर मनाएका हुन् ।
राजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए । उनी बिहीबार बेलुका साढे ८ बजेतिर मेची क्राउन प्लाजा पुगेका थिए ।
राजाले त्यहाँ करिब पाँचघण्टा बिताएको होटलका अध्यक्ष पवित्रकुमार कार्कीले जानकारी दिए ।“उहाँ एक्कासी हाम्रो होटलमा आउनुभयो,” उनले भने, “पूर्वमा यस्तो राम्रो होटल बनाएको भन्दै प्रशंसा पनि व्यक्त गर्नुभयो । उहाँले यहाँ नयाँ वर्ष मनाएर निस्कनुभयो ।”
राजा ज्ञानेन्द्र शाहको केहि तस्वीरहरु:



