नेप्सेमा आज पनि प्रभूलाइफको शेयरको माग उच्च रहेको छ ।
आज ११ बजे बाट सुरु भएको कारोबारमा प्रभूलाइफ इन्स्योरेन्स कम्पनीको शेयरको माग उच्च रहेको हो ।
उक्त कम्पनीको २५ लाख बराबरको शेयर किन्न १२ हजारलगानीकर्ताहरुले माग राखेका छन् ।
खरिदकर्ता उच्च रहेपनि यस कम्पनीको शेयर कसैले पनि बिक्री गरेका छैनन् ।
आइतबार न्युनतम रेन्च बाट पहिलो कारोबार गरेको कम्पनीको शेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेको छ ।
आज कम्पनीको मूल्य ८.६७ प्रतिशतले बढेर १८८ रुपैयाँ पुगेको छ ।