नेपाली राष्ट्रिय टिमका गोलकिपर एवम् कप्तान किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ को शीर्ष १० खेलाडीमा परेका छन् । उनि यो स्थानमा पुग्ने पहिलो नेपाली भएका छन् ।
उनीसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका छन् ।
पछिल्लो साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको पनि एएफसीले जनाएको छ । एएफसीको वेबसाइटमार्फत गर्ने भोटको आधारमा विजेताको चयन गरिनेछ ।
तल दिएक लिंकमा क्लिक गरेर भोट गर्नुहोस्:
CLICK HERE
माथिको लिंकमा थिचेर सबै भन्दा तल गएर भोट भनेको ठाउमा गएर किरण चेम्जोङमा क्लिक गर्नुहोस् । भोटिङ अप्रिल ४ सम्म मात्र खुला हुनेछ ।