durbar-times

किरण सातामा एसियाकै उत्कृष्ट खेलाडी, सामाजीक संजालमा यस्तो लेख्दै खुसी साटे


किरण सातामा एसियाकै उत्कृष्ट खेलाडी, सामाजीक संजालमा यस्तो लेख्दै खुसी साटे

काठमाडौं । राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसी इन्टरनेशल प्लेयर अफ द विक भएका छन् ।

एसियन फूटबल कन्फेडेरेसनले भोटिङका आधारमा चेम्जोङलाई साताको उत्कृष्ट खेलाडी छनोट गरेको हो । नेपाली टीमका गोलरक्षक किरणले ५५ दशमलव ६९ प्रतिशत मत प्राप्त गरेका छन् ।उनका निकटम प्रतिद्वन्द्वी साउदी अरेबियाका सलेह अल शेहरीले २० दशमलव ७२ प्रतिशत मत पाए ।

उनि मनोनयनमा पर्ने र उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

किरणले सामाजीक संजाल यस्तो लेखेका छन् :

‘यो वर्ष मेरो लागि भाग्यमानी सावित भएको छ । म एकदमै गौरवान्वित छु । नेपालको इतिहासमै यो पहिलो पटक मनोनयनमा परेको र जितेको हो । यो हाम्रो लागि उपलब्धि हो र गर्वको क्षणसमेत हो, हामी सँगै मिलेर काम गरे जे पनि सम्भव छ भन्ने उदाहरण हो । मतदानका लागि विशेष धन्यवाद । यो मेरो लागि धेरै हो । सबैलाई माया र समर्थनका लागि धन्यवाद । राष्ट्रलाई गर्व गराउन म अझै कडा मिहिनेत गर्नेछु । सबैलाई माया । मेरो राष्ट्र मेरो शान, जय चन्द्र सूर्य'
1

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

2

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

3

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

4

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

5

लुटपाट आरोपमा चार युवकलाई पक्राउ

6

भारतमा २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित थप


Share Tweet Send