durbar-times

किसान केरा र तरकारी खेतीतर्फ आकर्षित


किसान केरा र तरकारी खेतीतर्फ आकर्षित

म्याग्दीको ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

अन्य बाली निर्वाहमुखी मात्र भएपछि बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

धान, मकै, गहुँ लगायतका अन्नबाली उत्पादन हुने जग्गामा बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरा र बगरफाँटका ३ दर्जनभन्दा बढी किसानले अन्नबाली हुने जमिन केरा र तरकारी उत्पादनमा उपयोग गर्न थालेका छन् ।

खबराका किसान चन्द्रबहादुर कार्कीले केरा र तरकारी खेती शुरू गरेपछि वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको बताए । अन्नबालीको तुलनामा केरा र तरकारी खेतीबाट ३ गुना बढी फाइदा हुने कार्कीको भनाइ छ ।

उनले करीब ४ रोपनी क्षेत्रफलमा २०० बोट केरा लगाएका छन् भने ५ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । बजारमा तरकारी र केराको माग उच्च रहेकाले आफ्नो उत्पादनले राम्रो बजार पाएको उनको भनाइ छ ।

खबराकै अर्का किसान शोभित शर्मा (सापकोटा) ले पनि ८ रोपनी जग्गामा तरकारी र केराखेती गरेका छन् । केरा र तरकारी बेचेर वार्षिक ८ लाखभन्दा बढी कमाइ गर्दै आएका शर्माले गत वर्षदेखि विभिन्न प्रजातिका फलफूल समेत लगाएका छन् । ८ वर्षदेखि तरकारी खेती शुरू गरेका सापकोटाले यस वर्ष केराका सय बोट थपेर ७०० बोट केरा लगाउने योजना बनाएका छन् ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send