http://bit.ly/bajajdurbartimes

बढ्दो उमेरले रोकेन चढ्दाे जागर, लोभलाग्दो किबी खेती


बढ्दो उमेरले रोकेन चढ्दाे जागर, लोभलाग्दो किबी खेती

मसिर ७ गते । बारीभरि फलाम र सिमेन्टका पोल, त्यही पोलमा जेलिएका किबीका लहर र लहरामा लटरम्म किवी फल । ६१ वर्षीय ज्येष्ठ नागरिकको लोभलाग्दो किबी खेत । जोकोहीलाई पनि लोभ्याउने गर्छ गल्कोट नगरपालिका–१ दुदिलाभाटी चौराहका सन्तबहादुर बुढाथोकीको थालेको व्यवसायिक किवि खेतीले । होटल व्यवसाय छोडेर विगत ६ वर्षदेखि किवी खेतीमा लागि पर्नुभएका बुढाथोकीको होटलवालाबाट किवीवालाको रुपमा परिचय नै बदलिएको छ ।

जीवनकालको २५ वर्ष भारतमा सवारी चालक, १२ वर्ष काठेखोला गाउँपालिका बिहुँमा होटल व्यवसाय गरेर  धित मरेपछि उनमा किवी खेतीको हुटहुटी चल्यो । घुमफिर गर्दै इलाम पुगेको समयमा त्यहाँको खेतीबाट प्रभावित भएर बुढाथोकीले आफ्नो १० रोपनी जग्गामा किवी लगाएका छन्।
कोदो, गहुँ, मकै, केराउ उत्पादन हुने बारीमा अहिले किवीका लटरम्म फल देख्न सकिन्छ । ‘१० रोपनी जग्गामा उत्पादन हुने अन्नवाली भन्दा १० वर्षको एउटा बोटले बढी उत्पादन दिन्छ’ बुढाथोकीले भने –‘माटोमा पसिना बगाउनु पर्यो, आत्मनिर्भर बन्न समस्या छैन ।’

बिरुवा लगाएको तीन वर्षदेखि उत्पादन सुरु भएको थियो । छैटाैं वर्षसम्म आई पुग्दा यस वर्ष १३५ बिरुवाबाट करिव १० क्विटन किबी उत्पादन हुने अपेक्षा गरेका छन्।

किवी व्यापारीसँगको समन्वयमा बुढाथोकीले पोखरा, बुटवल, नारायणगढ बागलुङ बजार लगायतका सहरमा विक्रीको लागि पढाउने गरेका छन्। व्यापारीहरुले बारीमै आएर न्यूनतम ३५० रुपियाँ प्रतिकिलोको दरले खरिद गर्ने उनको भनाइ छ ।

अन्य खेतीबालीलाई जस्तो धेरै दुःख गर्न नपर्ने हुँदा काम गर्न सजिलो हुन्छ । विरुवा खरिद, फलाम तथा सिमेन्टको पोल निर्माण, बगैजा तयार जस्ता संचरना निर्माण गर्दा करिव २८ लाख रुपियाँ खर्च भएको बुढाथोकीले जानकारी दिए।

बुढाथोकीले चोराह कृषि तथा पशुपालन फर्म दर्ता गरेका छन्। उनको फर्ममा मन्टी, हेलिसन र हेवार्ड जातका बोट छन् । आगमी बर्षदेखी आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेर विक्री तथा खेती विस्तारको योजना बनाएका छन्।

‘अहिले किवी खेतीमा आकर्षण बढ्दो छ’ उनले भने–‘विरुवा विक्री गरेर पनि आम्दानी गर्न सकिन्छ ।’ मेहनत गर्न सके स्वरोजगारमा समस्या नहुने उनको भनाइ छ ।

Gorkhapatraonline

1

पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टि

2

अक्षय कुमारको ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय

3

काराेबार रकमले रेकर्ड राख्दा नेप्सेमा छायाे बहार

4

संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

5

तथ्याङ्क विभागले माग्याे ३७ हजार कर्मचारी (फारम भर्ने लिङ्कसहित)

6

चुनावले झन् ठूलो दुर्घटना ल्याउनेछ : बाबुराम


Share Tweet Send