किबी खेतीप्रति किसानको आकर्षण


किबी खेतीप्रति किसानको आकर्षण

गलकोट | पछिल्लो समय बागलुङ जिल्ला किबीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । बसाइँसराइ सराइका कारण बाँझो हुन थालेको जग्गामा राम्रो किबी उत्पादन थालेपछि पछिल्लो समय किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । वि.स २०५८ मा पाँच वटा किबीका बोटबाट किबीखेती शुरु गरेका बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ५७ वर्षीय मेहरसिंह पाइजाको बारीमा अहिले ५०० किबीका बोट छन् । २५० बोटमा लटरम्म किबी फलेका छन् भने बाँकी बोटमा किबी फल्ने तयारीमा छ  ।

बडिगाड गाउँपालिकाका अध्यक्षसमेत रहेका पाइजाले बागलुङमा पहिलो पटक किबीखेती भित्र्याएका हुन् । पाइजाले थालेको किबीखेती सफल भएपछि उनकै प्रेरणामा बागलुङका दुई दर्जनभन्दा बढी  किसानले व्यावसायिक रुपमा किबीखेती गर्दै आएका छन् ।

पाइजा मात्रै होइन गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ स्थित लीला घर्ती, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का, हरि जिसी, बागलुङ नगरपालिका–९ तित्याङका हीरा केसी र प्रेम केसी ताराखोला गाउँपालिका–५ का नरबहादुर रानालगायतले व्यावसायिक किबीखेती गर्दै आएका छन् ।

गाउँपालिका अध्यक्षसमेत रहेका मेयरसिंह पाइजाले राजनीतिसँगै कृषि कर्ममा लाग्दा उनकै प्रेरणाबाट गाउँपालिकामा व्यावसायिक किबीखेती समेत फस्टाउँदै आएको छ । समुद्री सहतदेखि दुई हजार ३०० फिट अग्लो स्थानमा ५० रोपनी जग्गामा किबीसहित, सुन्तला, ओखर, स्याउ, पाउलिनिया, एबोकार्डो, कागती, अनार र हलुवावेदलगायतका थुप्रै धेरै मूल्य पर्ने फलफूलको खेती गरेका छन् ।

कृषि ज्ञान पर्वतका अनुसार बागलुङमा दुईवटा किबीका पकेट क्षेत्रका रुपमा रहेको उत्पादनसमेत भइरहेको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीमा दुदिलाभाटी किबी पकेट क्षेत्र र ताराखोला गाउँपालिका–५ मा जुल्फे किबी पकेट क्षेत्र रहेको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिए ।

उनका अनुसार पकेट क्षेत्रमा अनुदानग्राहीमार्फत किबीका बिरुवा, किबीको थाँक्रो, बारसहित क्षेत्रफल विस्तारमा सहयोग गर्दै आएको छ । बागलुङमा झण्डै ४० हेक्टर (८ हजार) जमीनमा व्यावसायिक किबीखेती गर्दै आइएको छ । यसमध्ये २० हेक्टर जमीनमा लगाइएको किबीले उत्पादन दिन थालेको छ । बागलुङमा उत्पादन भएको किबीले पोखरा बुटवल लगाएको बजार लिइरहेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...