Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

कक्षा १२ को नतिजा प्रकाशनमा किन ढिलाई ?


कक्षा १२ को नतिजा प्रकाशनमा किन ढिलाई ?

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन सम्बन्धी कार्य अन्तिम चरणमा पुर्याएको छ ।

यसअघि बोर्डले गत साताभित्रै नतिजा प्रकाशन गर्ने भनेको थियो । तर सम्बन्धित विद्यालयले पठाएको प्राप्तांक र विद्यार्थीको हाजिरी कपी रुजु गर्न समय लागेकोले अनुमान गरेको समयमा नतिजा प्रकाशन गर्न नसकिएको बोर्डले स्वीकार गरेको छ ।

बोर्डका अनुसार विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम सकिएको छ । विद्यार्थीको हाजिरीकापी रुजु गर्ने काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।

कक्षा १२ को रिजल्ट दरबार टाईम्सबाट हेर्नुहोस्
XII Result :: 2077 | via Durbar Times Symbol Number: Eg : 12013825Date of Birth : Date Format : YYYY/MM/DD नेपाल टेलिकमले देखाउने रिजल्टको वेब्साइटमा धेरै प्रयोग कर्ताको कारण साइट डाउन हुन सक्ने भएकोले यो फारमबाट हेर्न मिल्ने सहजता दरबार टाईम्समा उपलब्ध गराएका छौं। कुनै कारणले नखुलेमा पुन प्रयास ग…

अहिलेको कामको गति अनुसार प्रक्रिया अघि बढेमा दुई दिनभित्रै नतिजा सार्वजनिक गर्न सकिने बोर्डको भनाइ छ । कोभिड १९ का कारण कक्षा १२ को परीक्षा सञ्चालनको जिम्मेवारी यसपटक बोर्डले सम्बन्धित विद्यालयलाई नै दिएको थियो । बोर्डले कुल पूर्णाङकको ४० प्रतिशत मात्रै लिखित परीक्षा सञ्चालन गरेको थियो ।

त्यसबाहेक ४० प्रतिशत अंक कक्षा ११ को मूल्यांकन गरेर र २० प्रतिशत विद्यालय आफैले मूल्यांकन गरेर दिनसक्ने निर्णय बोर्डले गरेको थियो । तर विद्यालयबाट प्राप्त नतिजा क्रमवद्ध रुपमा नआएकोले डाटा इन्ट्री गर्न तथा रुजू गर्न समस्या हुँदा नतिजा प्रकाशनमा ढिलाइ भएको यसअघि नै बोर्डले स्वीकार गरिसकेको छ ।

बोर्डले यसअघि पुस महिनाभित्रमा कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने योजना बनाएको थियो । कक्षा १२ मा यो पटक ४ लाख ३१ हजार परीक्षार्थी सहभागी थिए । ४ हजार १ सय केन्द्रमा परीक्षा चलेको थियो । सबै केन्द्रको हाजिरी रुजु गर्नुपर्ने भएकोले समस्या भएको हो ।

1

आजको राशिफल

2

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

3

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

4

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

5

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

6

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?


Share Tweet Send