काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
विभागीय डर्बी भिडन्त बिहान ९ बजे सुरु हुनेछ ।
पहिलो सेमिफाइनलको लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने योजनामा हुनेछ । दुई उपाधि दाबेदार क्लब जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ । प्रतियोगितामा एपीएफ निकै बलियो देखिएको छ ।
समूह चरणमा एपीएफले हार व्यहोरेको छैन । समूह 'ए' को एपीएफले ४ खेलमा ४ जित निकालेको थियो । एपीएफ ८ अंक जोडेर समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।
पुलिस भने समूह 'बी' को उपविजेता बन्यो । पुलिसले समूह चरणमा एक खेलमा हार बेहोरेको थियो ।पुलिस समूह चरणमा बागमती प्रदेशसँग पराजित भएको थियो ।समूह चरणमा पुलिसले ६ अंक जोडेको थियो ।