http://bit.ly/bajajdurbartimes

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु


नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो।

आजको बैठकमा प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने र अहिलेको गतिरोध अन्त्यका लागि एउटा निष्कर्ष निकाल्ने प्रयास हुने नेताहरुले बताएका छन्।

ओली सरकार र पार्टी सञ्चचालनमा असफल भएको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रस्ताव पेस गरेका थिए।ओलीको प्रतिवेदनका विषयमा सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले आफ्ना कुरा राखिसकेका छन्। आज बस्ने सचिवालय बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य इश्वर पोखरेल तथा रामबहादुर थापाले आफ्ना कुरा राख्ने एक सचिवालय सदस्यले बताए।

सचिवालयमा भएका प्रचण्ड पक्षका नेताहरु दुवै अध्यक्षको  प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म छलफल हुनुपर्ने अडानमा छन्। तर, ओली पक्षका नेताहरुले भने प्रचण्डको प्रतिवेदन आरोपपत्र भएको भन्दै फिर्ता लिई गत भदौ २६ गतेको निर्णयमै केन्द्रीत भई छलफल गर्नुपर्ने माग राखेका छन्।

पार्टीमा देखिएको विवादको समाधान कसरी खोज्ने भन्ने विषयमा दुवै पक्ष आ–आफ्नो रणनीतिमा लागेका छन् । आज बस्ने बैठकले पार्टी विवादको समाधान निकाल्न नसके अब बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटीले निकास निकाल्ने नेताहरुले बताएका छन्।

यो पनि : टिकटकमा छाए ओली (भिडियो)

1

पिएसजीका प्रशिक्षकलाई कोरोना भाइरस,अन्य यी खेलाडी पनि संक्रमित

2

अन्ततः डा गोविन्द केसी पनि सडकमा

3

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान

4

५० वर्षको उमेरमा प्रदेश १ का मुख्यमन्त्रीले विवाह गर्दै,कोसँग गर्दै छन् ?

5

आवरणद्वारा दाेलखाको विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा वितरण

6

इन्फ्रास्ट्रक्चरको आइपीओमा आवेदनको बाढी,पहिलो दिन कति पर्यो आवेदन?


Share Tweet Send