durbar-times

सत्ता समीकरणमा कांग्रेस ढुक्क, ओलीमा छटपटि


सत्ता समीकरणमा कांग्रेस ढुक्क, ओलीमा छटपटि

सर्वाेच्च अदालतले माओवादी र एमाले व्युँताइदिएपछि सुरू भएकाे केपी ओलीकाे छटपटि बढ्दाे क्रममा छ । लगातार अन्तरवार्ता र उद्घाटन कार्यक्रममा व्यस्त भएका ओली सत्ता टिकाउने उपाय खाेजिरहेका छन् । नेपाली कांग्रेस र जसपासँग भेट गरिसकेकाे ओलीले प्रचण्डलाईसमेत भेट्न बाेलाएका थिए । तर प्रचण्ड सिन्धुली पुगेर आराम गरिरहेका छन् । एमालेभित्रै माधव नेपाल पक्षसँग कुरा नमिलेपछि ओलीले नयाँ तरिका साेच्न थालेकाे कतिपय नेताहरूले बताउन थालेका छन् ।

उता नेपाली कांग्रेस भने ढुक्ककाे अवस्थामा देखिएकाे छ। कांग्रेसबाहेक अरू सबैले कांग्रेसकाे सरकार बनाउन सुझाव दिन थालेपछि कांग्रेसमासमेत किन सरकारमा नजाने भन्ने विषयले प्रवेश पाएकाे छ। सभापति शेरबहादुर देउवा गुपचुप बसेपनि तल्लाे तहका नेताहरू खुलेरै कांग्रेसले सरकार बनाउनुपर्ने बताउन थालेका छन् । गगन थापा ,शशांक काेइराला लगायतका नेताहरूकाे भाषणमा बारम्बार सरकार परिवर्तनकाे कुरा आइरहेकाे छ ।

अर्काेतर्फ जनता समाजवादी पार्टीमा पनि यतिबेला निकै उतारचढाव देख्न पाइएकाे छ। महन्थ ठाकुर , राजेन्द्र महताे लगायतका नेताहरू यतिबेला कसैलाई समर्थन गर्न नहुने पक्षमा देखिएका छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराईले खुलेरै शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्ने बताइसकेका छन् । केही समयअघि केपी शर्मा ओलीसँगकाे भेटमा महन्थ ठाकुरलाई प्रधानमन्त्रीकाे प्रस्ताव आएकाे समाचार बाहिरिएपनि उनले भने खुलेर बाेलेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक समीकरणका लागि बालुवाटारबाट बाहिर निस्किएका छैनन् । तर निरन्तर समीकरण मिलाउन लागि परिरहेका छन् । जनतामा एकप्रकारकाे सन्देश पनि दिन चाहिरहेका प्रधानमन्त्रीलाई नेकपा माओवादीले समर्थन फिर्ता लिएकाे बखत विश्वासकाे मत लिनसमेत अप्ठ्याराे परिस्थिति सिर्जना भइरहेकाे छ बाहिर । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फ्रेस हुन भन्दै सिन्धुली गएका छन् भने प्रधानमन्त्रीकै पार्टीका नेताहरू प्रधानमन्त्रीले देश र जनताकाे समस्यालाई वास्ता नगरेकाे भन्दै उनकाे सरकार ढाल्नुपर्ने निष्कर्ष निकाल्दै दुईदिने राष्ट्रिय कार्यकर्ता भेला समापन गरेका छन् ।

प्रधानमन्त्रीले गत पुष ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै माैन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आरामले प्रतिष्पर्धा हेरेर बसिरहेका छन् । सबै पार्टीका नेताहरू आएर प्रधानमन्त्री बन्नपर्याे भनेपछि त झन् ढुक्कले माैका हेरेर बसिरहेका छन् । ज्याेतिषीले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेकाे र आफू ७ पटक प्रधानमन्त्री भएरै छाड्ने बताउँदै आएका देउवालाई केपी शर्मा ओलीले चुनावी सरकारकाे जिम्मा नलगाउलान भन्न सकिन्न ।

नेकपा माओवादीले अन्य पार्टीसँग सहकार्य गरेर प्रधानमन्त्रीमाथि अविस्वासकाे प्रस्ताव पारित गरेकाे खण्डमा देउवाकाे प्रधानमन्त्री हुने चाहना झन सजिलाे हुनेछ । त्यसका लागि केहीदिन राजनीतिकाे मैदानमा दृष्टि लगाउनै पर्ने हुन्छ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send