http://bit.ly/bajajdurbartimes

केपी ओली क्यान्सर हुन् : भट्टराई


केपी ओली क्यान्सर हुन् : भट्टराई

काठमाडौ | पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधाननमन्त्री केपी शर्मा ओली क्यान्सर भएको टिप्पणी गरेका छन् । उनले संयुक्त संघर्ष गर्न नेकपाका नेताहरुमै आशंका रहेकाले हुन नसकेको पनि बताए ।

उनले संसद् विघटन असंवैधानिक मात्र नभएर संविधानमाथिकाे आक्रमण पनि भएकाे बताएका छन् ।उनले भने,"ओली नेकपाभित्रकाे क्यान्सर हुन् । उनी नेकपाकाे मात्र हैन नेपाली राजनीतिकाे क्यान्सर हुन् । नेकपाका साथीहरूले बुझ्नुपर्छ ।"

"केपी ओलीले न्याक्दा त विरुद्धमा लाग्नुभा छ । फेरि पनि केपी ओलीलाई नै बोकेर सँगसँगै जानु भए त हामी कलाकार बन्छौं कि भन्ने डर छ । केपी ओली त क्यान्सर हुन् । त्यो क्यान्सर पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ । हामीहरुलाई पनि खाने खतरा रहन्छ । संयुक्त संघर्ष गर्न तपाईंहरु स्पष्ट हुनुस्,’’ उनले भने ।

नेकपा प्रचण्ड - नेपाल पक्षद्वारा आयाेजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुकाे अन्तरक्रियामा उनले व्यवस्था विरुद्धकाे षड्यन्त्रकाे मतियार बनेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाे बताए ।

उनले चुनाव नहुने ठोकुवा पनि गरे । "चुनाव भए पो चुनाव लड्नुहुन्छ । लेखेर राख्नुस् चुनाव हुँदैन । नेपाली कांग्रेसका साथीहरु भ्रममा नपर्नुस्। हाम्रो पार्टी भ्रममा छैन,’’ भट्टराईले भने ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send