प्रधानमन्त्रीबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त


प्रधानमन्त्रीबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

काठमान्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा  प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे ।

उनले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

‘नक्साबारे अफवाह फैलाउन खोजियो’ -प्रधानमन्त्री सचिवालय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंका अवसरमा ट्वीटरबाट दिएको शुभकामना सन्देशमा राखिएको नेपालको निशान छाप र त्यसमा प्रयोग भएको देशको नक्साबारे सामाजिक सञ्जालमा उठेको प्रश्नलाई प्रधानमन्त्रीको सचिवालयले ‘अफवाह फैलाउने प्रयास’ भनेको छ। सो निशानछापमा प्रयोग भएको नक्सा लिम्पियाधुरासहितको …
कालापानी, लिम्पियाधुरा, लिपुलेक कता गायब ? नियोजित कि भुल ?
प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामनासहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा पुरानो नक्सा छापिएपछि सामाजिक सञ्जालमा त्यसको ब्यापक विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहानै ट्वीटरमार्फत बडा दशैंको शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीले आफ्नो फोटोको छ…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...