http://bit.ly/bajajdurbartimes

मेरो पालामा जस्तो असाधारण विकास कहिल्यै भएको थिएन: प्रधानमन्त्री ओली


मेरो पालामा जस्तो असाधारण विकास कहिल्यै भएको थिएन: प्रधानमन्त्री ओली

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो असाधारण विकास यसअघि कहिल्यै नभएको  बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

ओलीले यो सरकारको पालामा रानीपोखरी बनिसकेको बताए। त्यसैगरी यही सरकारले एक वर्षमै ९८० किलोमिटर सडक पिच गरेको पनि उनले बताएका छन्।

'एक वर्षमै सरकारले ९८० किलोमिटर सडक कलोपत्रे गरेको छ। असाधारण ढंगले विकासका काम भएका छन्', उनले भने, 'द्रूतगतिमा काम भएको छ। यसभन्दा अघि कहिल्यै पनि यसरी विकास भएको थिएन।'

उनले महाकालीमा पुल बनिरहेको, किमाथांका नाकामा सडकले जोडिरहेको बताउँदै देशभर विकासको लहर चलेको पनि बताए। 'सरकारले तीव्र गतिमा विकासको काम गरिरहेको छ', उनले भने, 'सरकारले काम गरेको देख्न नसकेर निर्वाचनबाट बहुमत पाएको सरकारलाई हटाउन खोजियो, अनेक षडयन्त्रका तानाबाना बुनियो।'

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send