रहरले प्रधानमन्त्री भएको होइन, राजीनामा दिन्‍नँ: प्रधानमन्त्री ओली


रहरले प्रधानमन्त्री भएको होइन, राजीनामा दिन्‍नँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन् ।

उनले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् । उनले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासबाट पछि नहट्ने र राजीनामा नदिने बताए ।

‘जनताले आवश्यक ठानेर प्रधानमन्त्री बनाएको हो, कोही कसैले राजीनामा माग्नु व्यर्थ हो’, प्रम ओलीले भने। पछिल्लो समय पार्टी फुटको हल्ला चलाइएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि उनले आग्रह गरे। प्रधानमन्त्री ओलीले सरकार परिर्वतन नहुने पनि बताएका छन्। ‘जनताको विश्वासले आएको हो’, उनले थपे, ‘अहिले सरकार परिर्वतन हुँदैन, हल्लाको पछि नलाग्नू।’

उनले पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गरे । प्रधानमन्त्री ओलीले अरुण तेश्रोको कामबाट आफू सन्तुष्ट रहेको बताए । उनले आज अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको हवाइ अनुगमन गरेका हुन् ।

प्रधानमन्त्री ओली किमाथाङ्कामा,विभिन्न आयोजनाको अवलोकन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभा जिल्लाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का पुगेका छन् । बुधवार(आज) बिहान प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा सहित सुरक्षा निकायका प्रमुख र केही उच्च सरकारी अधिकारी सहित त्यहाँ पुगेका हुन् । ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको सीमा सुरक्ष…
सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला : प्रधानमन्त्री ओली
काठमाडौैं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला भएको पनि उल्लेख गरेका छन् । ओली र प्रचण्ड’ बीच आज भेटघाटको तयारीकाठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्र…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...