केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गर्ने भएको छ।
नेकपा काठमाडौं जिल्ला कमिटीले शनिबार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्न लागेको हो।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा भेला आयोजना गरेको थियो।
बामदेव गौतमले पार्टी एकताका लागि ओलीसँग राखे यस्तो ४ सर्तहरु
काठमाडौँ | पार्टी विभाजनमा कुनै पक्षमा खुलेर नदेखिएका नेकपाका उपाध्यक्ष बामदेव
गौतमले अध्यक्ष पुष्पकमल दाहाललाई आफू अझै पार्टी एकताकै पक्षमा रहेको र त्यसका
लागि देशब्यापी रुपमा अभियान चलाउन लागेको भन्दै त्यसमा साथ दिन आग्रह गरेका छन्। गौतमले पार्टी एकताका लागि ओलीलाई राखेको ४ सर्तहरु: * पार्टी एक…
