http://bit.ly/bajajdurbartimes

केपि-प्रचण्डको दोहोरी ब्याटल

केपि-प्रचण्डको दोहोरी ब्याटल


केपि-प्रचण्डको दोहोरी ब्याटल

प्रचण्ड - आराम हुनुहुन्छ ?
ओली - पखालाकाे औषधी खुवाएर बजारतिर कुदाउने अनि आराम बिराम साेध्ने ?

प्रचण्ड - कब्जियत भयाे भनेर किन उफ्रेकाे त ?
ओली - वैचारिक कब्जियत भयाे, समाधान निस्केन भनेकाे । त्यति नबुझ्ने ?

प्रचण्ड - मने निश्चितरूपमा, पाटी फुटाउँ भन्नुभएको हाे ?
ओली - दाेबाटाेमा उभ्याएर बाइबाई गरेपछि खुरुक्क बुझेर जाने कि जाउँ ? जाउँ ? भन्दै साेधिरहने ? टाप ठाेक्नुपर्छ नि ?

प्रचण्ड - तपाईं निष्ठुरी हुनुहँदाे रहेछ ! पाटी एक्लै चलाउनुभयाे ।
ओली - त्यत्राे अध्यक्ष पद दिएँ त तपाईंलाई । भङेराे मारेर पनि दिएँ, अब भुत्ल्याइदे त नभन्नुस् न ! आफै भुत्ल्याउनुस्, नसके दालसित भात खानुस् ।

प्रचण्ड - आउनुस्, चिया पिउँ ।
ओली - पिउँछु तर मेराे मान्छेले पकाएर दिनुपर्छ । दूध बडा चिनी कडा ।

प्रचण्ड - गुलियाे नपिउनुस्, सुगर लाग्न सक्छ ।
ओली - अच्छ्युँ खाएँ, बच्छ्युँ खाएँ, झुसे बारूलाे ! किड्नीले निहुँ खाेज्दा त जितिरहेकाे छु, जाबाे सुगर !

प्रचण्ड - अनि, सुनाउनुस् । अरू के छ खबर ?
ओली - के हुनु ? एकातिर तपाईंको कचकच, अर्काेतिर माधव नेपालकाे कचकच । दुई स्वास्नीकाे पाेइ कुना पसी राेई जस्ताे भइयाे । चित्त बुझाउनै नसकिने ।

प्रचण्ड - हाहा, मने निश्चितरूपमा । तपाईंले आफ्ना सहकर्मी त मिलाउन गाह्रो मान्नुभयाे, मैले त्यत्रा जनसेना कसरी मिलाएर राखेँ हाेला ?
ओली - धान छरेपछि परेवा कसरी भुल्छन् मलाई थाहा छैन ? नसिकाउनुस् न !!

प्रचण्ड - तपाईंले पनि त कनिकै छर्नुभएकाे छ नि ! कसैलाई रेलवेकाे प्रबन्धक, कसैलाई ट्रष्टकाे सदस्य बनाउनुभाे, हामीलाई थाहा छैन ?
ओली - हातमा डाडुपनियाे भएकाे बेला, आफ्ना केटाकेटीलाई पेटभरी खान नि नदिनु त ?

प्रचण्ड - तपाईंकालाई मात्रै खुवाउने ? हाम्रालाई नदिने ?
ओली - अलिअलि दिएकै छु त, साैताकाे छाेरालाई खान दिनु ठुलाे कुरा हाे, पेट भरिनु नभरिनु त त्यस्तै हाे ।

प्रचण्ड - जुन दिन डाडुपनियाे मेरा हातमा आउँछ नि, कसरी पस्किनुपर्छ मलाई थाहा छ !
ओली - डाडुपनियाे भाँचेर छाेड्छु नि हाै, मान्छे त म नि अल्ठ्याङ छु नि !

प्रचण्ड - हेराैँला !
ओली - हेर्नुहाेला !!

चिरन्जीवी ढकालका अन्य रचना पढ्नुहोस्

बुढाहरूकाे गफ
गाउँका एकजना हजुरबुबाले भन्थे - बिहीबार नङ काट्न हुन्न । नकाट् !! उतिबेला आफुलाई निकै प्रगतिशील मानिन्थ्यो, टेरिएन । तर, त्याे एकदमै वैज्ञानिक कुरा रहेछ, वैज्ञानिक कारण सहितकाे कुरा रहेछ । कुनै अन्धविश्वास या धार्मिक प्रचलन हाेइन रहेछ । अलि ठूलो भएपछि, मैले तिनै हजुरबासँग साेधेँ - ”हजुरबुबा ! किन …
बुढाहरूकाे गफ
गाउँका एकजना हजुरबुबाले भन्थे - बिहीबार नङ काट्न हुन्न । नकाट् !! उतिबेला आफुलाई निकै प्रगतिशील मानिन्थ्यो, टेरिएन । तर, त्याे एकदमै वैज्ञानिक कुरा रहेछ, वैज्ञानिक कारण सहितकाे कुरा रहेछ । कुनै अन्धविश्वास या धार्मिक प्रचलन हाेइन रहेछ । अलि ठूलो भएपछि, मैले तिनै हजुरबासँग साेधेँ - ”हजुरबुबा ! किन …
वासिङ्टन, राष्ट्रपति आवास, अमेरिका
आइतबार छुट्टी हुने भएकाेले, राष्ट्रपति ट्रम्प शनिबार बिहानदेखि देखि नै मूडमा थिए । चुनाव जित्छु भन्ने कन्फिडेन्ट उस्तै थियाे । स्वकीय सचिवलाई बाेलाएर बेलुका पाटीकाे आयाेजना गर्ने व्यवस्था मिलाउनु भनेर अह्राए । “As you wish Boss!” आज्ञा तुरुन्त पालना भयाे । शनिबार साँझ अमेरिकी राष्ट्रपति निवासमा ”न …
ओलीबाको अन्तर्वाता
पत्रकार: नमस्कार ! आराम हुनुहुन्छ ? ओलीबा: हजुर, कुप्रालाई उठी सुख न बसी सुख ! प्रचण्ड र माकुनेले हैरान पारेका छन् । पत्रकार: दशै कस्तो रह्याे ? ओलीबा: कस्ताे हुनु? टिका लगाइयाे । सेल खाइयाे । पत्रकार: अनि, घरमै बसेर टिका लगाउनु भनेर आफैले निर्देश गर्ने अनि आँफै राष्ट्रपतिकाेमा जाने ? ओलीबा: के…
जले विष्णुः स्थले विष्णुः सर्वम् विष्णुमयम् जगत् !
बालुवाटारकाे ६५ इन्च टिभीमा कमेडी शाे चलिरहेको बेला धार्मिक विज्ञापन आयाे । टिभी हेरिरहेका ओलीबा झसङ्ग भए । अहाे ! हाे त है, जलमा पनि विष्णु, स्थलमा पनि विष्णु, जता पनि विष्णु नै विष्णु रहेछन् तर मेराे क्याबिनेटमा मात्रै विष्णु छैनन् । कसरी डाकाैँ ? कुन मन्त्रले आवाहन गराैँ ? फेरी, कम्युनिस्ट भइ टाे…
राजधानी भालुवाङ
हिजो भर्खर हातकाे ४ लाखका हिसाबले ८० लाख मूल्य गरेर ग्राहकलाई जग्गा देखाएर घर आएका दले दाइ आज त्यही ग्राहकलाई जग्गा भिडाउन मालपाेत जाने तयारीमा थिए । काेराेनाकाे मन्दीले ५ महिनासम्म घरमा घिराैँला खाँदाखाँदा वाक्क भएको उनकाे जिब्रो घडेरी बिकेपछि मासु खान पाइने लाेभमा र्याल टप्काउँदै थियाे । बडा मुस्क…
एकपाखे
पानी परिरहेको दिन, लाेहीमुते गाेरूलाई ख्वाउने भनेर पारी पाखाबाट १ भारी घाँस सकी नसकी ल्याएँ। चिसापाखे भन्ने ठाउँबाट ल्याएको चीसाे पानीकाे छहरे धारामा सर्लक्क नुहाएँ । जिउ फुर्तिलो भयाे । बासी राेटी चियामा डाेबेर खाजा खाँदै टिभी हेर्न बसियाे । जन्ता जान्न चाहन्छ भन्दै टेलिभिजन सेटकाे एउटा कुर्सीमा …
1

के हाे नागरिक स्टक डिलर ? कसरी गर्छ काम ? शेयर बजारलाइ कसरी स्थिर बनाउँछ ?

2

विप्लवकाे बन्द, कहाँ के भयाे ?

3

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

4

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

5

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

6

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै


Share Tweet Send