संसद विघटनको सिफारिस लिएर राष्ट्रपति निवास शितल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् ।
अब उनले त्यहाँ आफूनिकट नेताहरुसँग छलफल गर्ने स्रोतले बताएको छ ।
उता, राष्ट्रपति विद्यादेवी भण्डारी पनि संविधानविद्हरुसँगको छलफलमा जुट्ने तयारीमा छन् ।
आज विहान बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव अगाडि सारेका थिए ।
यो पनि :