कृषकलाई प्रविधिमैत्री बनाउँदै नलगाड


कृषकलाई प्रविधिमैत्री बनाउँदै नलगाड

जाजरकोट | नलगाड नगरपालिकाले कृषकलाई प्रविधिमैत्री बनाउन अभियान थालेको छ । नगरभित्र रहेका कृषकको मागका आधारमा विभिन्न औजार तथा उपकरण वितरण कार्य शुरु गरिएको छ ।

सबै वडामा सडक सञ्जाल जोडेर उत्पादित वस्तु बजारीकरण गर्ने लक्ष्य लिएको नगरपालिकाले अब कृषकको हातमा आधुनिक उपकरण वितरण गरी कामलाई छिटोछरितो बनाउन लागेको हो । नगरपालिकाले चार वटा हात्ते ट्र्याक्टर, छ थ्रेसर पाइडिल मेशिन, सात वटा मकै छोडाउने मेशिन, ३० कृषकलाई बेमौसमी तरकारीबाली उत्पादन लागि आवश्यक पर्ने कृषि सामग्री उपलब्ध गराउन लागिएको छ ।

त्यस्तै २० क्विन्टल गहुँको बीउ, ४५ क्विन्टल आलुको बीउ, ६०० कीट तरकारी बीउ वितरण गरिएको नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए । सबै वडामा माटो सुहाउँदो तथा उत्पादन दर हेरेर पकेट क्षेत्र बनाएको नगरले सोहीअनुसार कार्यक्रम सञ्चालन गरेको छ । पकेट क्षेत्रलाई व्यवस्थित गरेर अगाडि बढिरहेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिए ।

त्यस्तै भेरी नगरपालिकाले २० क्विन्टल गहुँको बीउ (खाने गहुँ उत्पादनका लागि), चार क्विन्टल मूल बीउ र चार क्विन्टल प्रमाणित बीउ वितरण गरेको छ । नगरपालिकाले वडा नं ३ को होलु, स्याला र वडा नं ७ को  पुन्मा गहुँको पकेट क्षेत्र तथा वडा १ र १० मा गहुँको  बीउ उत्पादनका लागि पकेट क्षेत्र बनाएर काम गरिरहेको छ ।

कृषि कर्मबाटै मासिक एक लाख बचत
गलकोट । गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्छन् । अधिक…

अन्य बीउ २, ११, १२, ८, ४ वडामा वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरिएको छ । मटेला, कास्तारा, इवर, कालेगाउँ, पिपे, रिसाङ र बोहोरामा तरकारीको बीउ वितरण गरिएको छ । काउली बन्दा, टमाटर, गाजर, रायो, मुला र प्याजको बीउ वितरण गरिएको कृषि शाखाका यज्ञ अधिकारीले जानकारी दिए ।

भेरी नगरपालिकाले बीउ उत्पादनमा जोड दिएकोसमेत उनले बताए । विषादी प्रयोग बढी भएको ठाउँमा जैविक मल वितरण गर्न लागिएको छ । जैविक उत्पादनलाई जोड दिने नगरको नीतिअनुसार फलफूल, ओखर सुन्तला र कागती बिरुवा लगाउने अभियानसमेत रहेको छ ।

यस वर्षको तिहारमा भारतबाट फूल नल्याइने
काठमाडौँ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...