'यही व्यवस्थामा शिव र ब्रह्माले पनि नेपालमा मल ल्याउन सक्दैनन्'-कृषि मन्त्री भुसाल


'यही व्यवस्थामा शिव र ब्रह्माले पनि नेपालमा मल ल्याउन सक्दैनन्'-कृषि मन्त्री भुसाल

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेको अवस्थामा पाँच लाख मेट्रिकटन मल ल्याउन असम्भव भएको बताएका छन् ।

४० औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रह्मा आएपनि ५ लाख मेट्रिक टन मल ल्याउन नसक्ने बताएका हुन् ।उनले भने, ‘कलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टन ल्याउन दिनदिनै एउटा रेल मलको लागि मात्र नेपालमा ल्याउनुपर्छ।'

‘यदि दैनिक एउटा रेल कलकत्ताबाट नेपालमा आउने हो भने गएको ४० वर्षदेखि मल अभावको समस्या भोगेका नेपाली जनता सो समस्याबाट मुक्त हुनेछन्।’मन्त्री भुसालले भने । ‘हामीले जे हो त्यो भन्नुपर्ने हुन्छ, देशभित्र आउने मल करिब आधा जति चुहावट हुने गरेको छ। तर हामीले त्यो बन्द गरेका छौँ।’ उनको दाबी छ ।

उनले भने, ‘देशमा आउने मल खल्तीका सहकारीले कति खान्छन्? लोकल नेता, कर्मचारी मिलेर कति खान्छन्? ति सवै विवरणहरु आएको छ, अब कति मेट्रिक टन कहाँ कहाँ गयो भन्ने कुरा रियल टाइममा नै हाम्रो वेबसाइटमा राख्नेछौँ। जसले गर्दा हरेक मलको जानकारी हुनेछ। अब हिजोको जस्तो समस्या हुनेछैन।’

उनले किसानलाई बैंकको ब्याजदरमा अनुदानमा पाँच प्रतिशतको थ्रेस होल्ड राखिएको काम धेरै ठूलो भएको बताए।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...