सिराहाका पशुपतिलाल कर्णले गुरूदक्षिणाकाे रूपमा घर नै उपहार पाएका छन् । चितवनकाे खैरहनीस्थित कंकाली माविका पूर्वशिक्षक कर्णले पूर्व विद्यार्थीकाे तर्फबाट घर प्राप्त गरेका हुन् ।
वि.सं. २०२६ बाट चितवनमा अध्यापनरत कर्णले अब आफ्नो अन्तिम इच्छा त्यही घरमा जीवन बिताउने र मृत्युपछि विद्यार्थीमाझ देवघाटमा अन्तिम संस्कार होस् भन्ने रहेको सुनाए ।
पत्नीलाइ क्यान्सर भएकाे र उपचारमा नै सबै पैसा खर्च भएकाले घर बनाउन सक्ने अवस्थामा नरहेका शिक्षकलाइ पूर्व विद्यार्थीहरूले गुरूदक्षिणाकाे रूपमा घर बनाएर हस्तान्तरण गरेका हुन् ।
विद्यालयकाे शैक्षिक गुणस्तर अभिबृद्दि गर्न कर्णकाे भूमिका रहेकाे र उनले समग्र जीवन नै शिक्षामा समर्पित गरेका कारण उनकाे समर्पणकाे सम्मानस्वरूप याे घर उनलाइ हस्तान्तरण गरिएकाे पूर्व विद्यार्थी कारी महताेले बताए ।