पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटि सदस्य बनेका छन्। मंगलबार काठमाडौंमा बसेको नेकपा केन्द्रीय कमिटिले महरालाई स्थायी कमिटिमा ल्याउने निर्णय गरेको हो।
यसअघि बसकेको स्थायी कमिटि बैठकले केन्द्रीय कमिटि बैठकमा महराको नाम सिफारिस गरेको थियो।
२०७६ साल असोजमा संसद सचिवालयकी एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा निलम्बन परेका थिए। गत फागुनमा अदालतले उनलाई सफाई दिएको थियो।