कुकुर तिहार सन्दर्भः शान्तिसेनामा शानदेखि गामिनीसम्म


कुकुर तिहार सन्दर्भः शान्तिसेनामा शानदेखि गामिनीसम्म

काठमान्डौ | नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ । कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा  हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षामा कुकुर प्रयोग गर्दै आएको छ ।

इमान्दार र गुनिलो जातका रुपमा परिचित कुकुर भैरवको वाहन मानिन्छ । घरको विश्वसनीय पहरेदार कुकुर धेरै मानिसका घरहरुमा पालिने भए पनि वर्षको एकपटक यमपञ्चकको दोस्रो दिनमात्र पूजा गरिन्छ । नेपाल प्रहरीले अपराध अनुसन्धानमा दर्जासमेत दिएर कुकुर प्रयोग गरेको धेरै वर्ष भइसकेको छ भने नेपाली सेनाले १८ वर्षदेखि शान्ति स्थापना कार्यमा लैजाने गरेको छ ।

महाभारतका अनुसार पाण्डवहरु स्वर्ग जाँदा एउटा कुकुर पनि सँगै गएको थियो । रुसले ‘लाइका’ नामक कुकुर अन्तरीक्षमा पठाएको थियो जुन पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो जनावर बनेको थियो । नेपालमा जङ्गलमा सिकार गर्न भोटेकुकुर लाने पनि चलन छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा तत्कालीन द्वन्द्वरत मुलुक लाइबेरियामा तैनाथ नेपाली शान्ति सैनिकले पहिलो पटक मिसनमा २०५९ सालमा ‘शान’ र ‘गामिनी’ नामक दुई कुकुर समावेश गरेको थियो । लाइबेरिया र लिबियामा खटिएका शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर लगिसकिएको छ । लाइबेरिया मिसनमा कुकुरको प्रयोगबाट हातहतियार र विस्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हात पारेपछि सेनाले लिबियामा पनि परिचालन गरेको हो ।

आज धनतेरसः धनतेरसमा के किन्ने ? कस्ता सामान किन्दा हुन्छ धनलाभ, पूजाविधिसहित
एजेन्सी – कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । कात्तिक मासको कृष्ण पक्षको त्रयोदशीका दिन समुन्द्र मन्थनका क्रममा भगवान धनवन्तरी एउटा कलश लिएर प्रकट भएका थिए । त्यसैले हरेक वर्ष धनतेरस पर्व मनाउने गरिन्छ । भगवान् धनवन्तरी एउटा कलश लिएर उत्पन्न भएकाले यस दिन हरेक वर्ष भाँडा किन्ने परम्पर…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...