काठमाडौँ महानगरभित्र कुकुर पाल्न चाहने घरधनीले अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गराउनुपर्ने भएको छ ।
घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा मलमूूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान सुरु गर्न लागेको हो । महानगरले सचेतना अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारवाहीसमेत गर्ने भएको छ ।
महानगरले सचेतना अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारवाहीसमेत गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ ।ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुुललगायत क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई नियन्त्रणमा लिएर सम्झाउँदै आएको छ ।