कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै जुलुस प्रदर्शन (भिडियो सहित)


कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै  जुलुस प्रदर्शन (भिडियो सहित)

काठमाडौँ , नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै बुधबार बिहान काठमाडौंको जोरपाटी र बालाजु चोकमा जुलुस प्रदर्शन गरिएको छ।

घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिएको थियो। घिसिङको पदावधि सकिएपछि सरकारले मंगलबार निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको  छ।

ठूलो संख्यामा भेला भएका युवाहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन्। उनीहरुले ‘ओली तेरो पाराले, दुख पायो साराले, अ‍ोली सरकार मुर्दावाद कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका थिए।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...