ला लिगामा रियलको हुएसका विरुद्ध शानदार जित


ला लिगामा रियलको हुएसका विरुद्ध शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले हुएसकाविरुद्ध शानदार जित हासिल गरेको छ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबारको पहिलो खेलमा हुएस्कामाथि जित दर्ता गरेको हो ।

रियलको जितमा करिम बेन्जमाले दुई गोल गरे भने लामो इन्जुरीपछि टिममा फर्किएका इडेन हजार्डले एक गोल गरेका थिए । त्यस्तै फेडेरीको भालभर्डेले एक गोल गरेका थिए ।

त्यस्तै हुएसकाका लागि डेभिड फेरेइरोले एक गोल फर्काएका थिए ।

यो जितपछि रियल म्याड्रिडको ७ खेलमा १६ अंकसहित लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै हुएसकाको भने ८ खेलमा ५ अंक रहेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...