रियल मड्रिड बराबरीमा रोकिँदा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित


रियल मड्रिड बराबरीमा रोकिँदा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ भने  एट्लेटिको मड्रिडले बार्सिलोनालाई हराएको छ ।

शनिबार राति भएको खेलमा रियल भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको हो । भिल्लाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले बराबरीमा चित्त बुझाएको हो ।

रियलले ८ खेलमा १६ अंक जोडेको छ । भिल्लाले ९ खेलमा १८ अंक जोडेको छ ।

यो पनि: महत्वपूर्ण तीन खेल अघि रियल मड्रिड संकटमा

अर्को खेलमा लेभान्टेले इल्चेसँग १-१ गोलको बराबरी खेलेको छ ।

शनिबार राति घरेलु मैदानमा डिएगो सिमोन नेतृत्वको एट्लेटिकोले बार्सिलोनालाई १–० ले हराएको हो । एट्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयमा इानिक कारास्कोले विजयी गोल गरेका थिए ।

एट्लेटिको जित सहित शीर्ष स्थानको रियल सोसिडाडसंग अंक बराबरी गरेको छ ।

शीर्ष क्लब सोसिडाड र एट्लेटिकोको समान २० अंक छ । एट्लेटिकोले बार्सिलोनासंग ९ अंकको अग्रता समेत लिएको छ । बार्सिलोना ११ अंक सहित तालिकाको दशौं स्थानमा छ ।

बार्सिलोनाका लागि शनिबार रात खराब रह्यो । उसले चोटका कारण डिफेन्डर जेरार्ड पीकेलाई गुमाएको थियो । उनी करिब ६ महिना मैदान बाहिर रहन सक्ने अनुमान गरिएको छ ।

बार्सिलोनालाई एट्लेटिकोसंग अंक खोस्न निकै कठिन देखिएको थियो । पाहुना टोली बार्सिलोनाका क्लेमेन्ट लेन्गलेटको हेड बललाई गोलकिपर जान ओब्लाकले बचाएका थिए । बार्सिलोनाविरुद्ध जित निकालेको एट्लेटिको नयाँ सिजनमा अपराजित छ । उसले सबै प्रतियोगिताका २४ खेलमा अपराजित यात्रालाई कायम राखेको छ । ला लिगाका ८ खेलमा बार्सिलोनाले तेस्रो हार ब्यहोरेको छ ।

यो पनि: बार्सिलोनाको असफलता बोक्दा-बोक्दा वाक्क भइसकेँ : मेस्सी


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...