durbar-times

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्


बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

ला लिगामा बार्सिलोना र एट्लेटिको म्याड्रिडबीच आज प्रतिस्पर्धा हुँदैछ । खेल क्याम्प नोउमा राति ८ बजे हुनेछ ।

एट्लेटिकोलाई हराउन सके बार्सिलोनाल शीर्षस्थानको एट्लेटिकोलाई १ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडलाई ३ अंकले पछि पार्नेछ ।

ला लिगाको ३४ खेलमा एट्लेटिकोले ७६ तथा रियल र बार्सिलोनाले समान ७४ अंक जोडेको छ ।

सम्भवत यही खेलको नतिजा पनि यस सिजनको ला लिगाको विजेता छिनोफानो गर्न सक्नेछ । तर ला लिगामा अझै तीन राउन्डको खेल बाँकी रहेको छ । दुवै टोलीलाई उपाधि होड बलियो बनाउन यो खेल जित्न आवश्यक छ ।

यता बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले यो खेल निकै महत्वपूर्ण रहेको तर निर्णायक  भने नहुने बताएका छन् ।

‘यो खेल निकै महत्वपूर्ण छ, तर मलाई लाग्दैन की यही खेलको नतिजाले लिग विजेताको टुङ्गो लगाउने छ’ कोम्यानले भने ‘किनकि यो बाहेक अझै तीन खेल बाँकी छन् ।’


1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send