काठमाडौँ । आइतबार सुनचाँदीको मुल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ८ सयले बढेर ८९ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ८८ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रहेको छ । त्यसैगरी आज चाँदी भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।