ला लिगामा रियलको लज्जास्पद हार


ला लिगामा रियलको लज्जास्पद हार

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । रियलले आइतबार राति भएको खेलमा भ्यालेन्सियासँग ४-१ गोल अन्तरको हार व्यहोरेको हो ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता बनाए पनि रियलले फराकिलो हार व्यहोरेको हो ।

कार्लोस सोलेरले ह्याट्रिक गरेपछि भ्यालेन्सियाले रियलविरुद्ध सहज जित निकालेको हो ।

जितसँगै भ्यालेन्सिया लिगको नवौं स्थानमा उक्लिएको छ । भ्यालेन्सियाले ८ खेलमा ११ अंक जोडेको छ ।

रियल ८ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...