महाशिवरात्रीको अवसर पारेर एक कार्यक्रमका बीच फिल्म लप्पन छप्पन २ काे ट्रेलर रिलिज गरिएकाे छ । साैगात मल्ल , अर्पण थापा , अनुपविक्रम शाही लगायतका कलाकारहरूकाे भिन्न गेटअपसहित ट्रेलर सार्वजनिक गरिएकाे छ ।
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।
फिल्ममा साैगात , अर्पण र अनुपबाहेक शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
फिल्म चैत २७ गतेबाट हलमा रिलिज गरिनेछ ।