एजेन्सी | फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पीएसजी मोनाकोसँग २-० गोल अन्तरले पराजित भएको हो ।मोनाकोले पीएसजीलाई उसैको मैदानमा हराएको हो ।
मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे । जितसँगै मोनाको लिगको चौंथो स्थानमा उक्लिएको छ ।
मोनाकोले २६ खेलमा ५२ अंक जोडेको छ । पीएसजी भने तेस्रो स्थानमा झरेको छ । पीएसजीले ५४ अंक जोडेको छ ।
शीर्ष स्थानको लिलको ५८ र दोस्रो स्थानको लियोनको ५५ अंक रहेको छ ।